Media Network

'अब राजतन्त्रको कुनै सम्भावना छैन'


खबरस्टोरी संवाददाता

२४ मंसिर २०७८,शुक्रबार

काठमाडौँ।  नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा राजतन्त्रको कुनै भविष्य र सम्भावना नरहेको बताएका छन्। 

कांग्रेसको १४ औँ महाधिवेशनमा शुभकामना व्यक्त गर्दै उनले पूर्वराजालाई नयाँ पार्टी खोल्न चेतावनी दिँदै भने, ‘नत्र एउटा व्यापार खोलेर बसे हुन्छ।’ उनले राजनीतिक दलहरुले नै सम्बृद्धिको यात्रा अगाडि बढाउने दाबी गरे। ‘पार्टीभित्र र बाहिर भएका विकृतिलाई पन्छाउनुपर्छ,’ उनले भने।

उनले प्रतिगामी तत्त्वहरुलाई फेरि शीर उठाउने दुस्साहस नगर्न पनि उनले चेतावनी दिए। भष्ट्राचार, मैमत्त हुने स्वभाव, अरुको सम्मान नगर्ने प्रवृत्ति नेपाली राजनीतिको विकृति रहेको उनले उल्लेख गरे।

दोस्रो जनान्दोलनमा हातेमालो गर्दै अगाडि बढेको उल्लेख गर्दै सबै मैदानमा उत्रिएको बताए। त्यस्तै उनले अब सामाजिक तथा आर्थिक रुपान्तरणको काम बाँकी रहेको पनि उल्लेख गरे।


Share:
Reaction :
ताजा समाचार
खेलकुद