काठमाण्डौँ । ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’ का अभियान्ता ज्ञानेन्द्र बहादुर शाही सहितको टीम राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएको छ ।
राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आज आयोजित एक कार्यक्रममा राप्रपा र ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’बीच एकता घोषणा गरिएको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई पार्टीमा स्वागत गरे । शाही एमसीसीविरुद्ध राप्रपाका भ्रातृ संगठनहरुले गत बुधबार निकालेको जुलुसमा समतेत सहभागी भएका थिए ।