Media Network

अब्दुस मियाँ काठमाडौं ६ बाट स्वतन्त्र उम्मेदवारी घोषणा


खबरस्टोरी संवाददाता

५ असार २०७९,आईतवार

काठमाडौँ।  काठमाडौं संघीय निर्वाचन क्षेत्र ६ बाट विवेकशील साझाका पूर्व युवा संयोजक अब्दुस मियाँले उम्मेदवारी घोषणा गरेका छन् ।  देशका कतिपय स्थानीय तहमा स्वतन्त्र उम्मेदवारहरूले बिजय हासिल गरेपछि आसन्न संसदीय निर्वाचनमा स्वतन्त्र भन्दै उम्मेदवारी घोषणा गर्नेको लर्को लागेको छ।

यसअघि  विवेकशील साझा पार्टीमा सक्रिय उनले सो पार्टीबाट अलग भएर स्वतन्त्र रुपमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । ‘पछिल्लो समय मूलधारका राजनीतिक दलहरूले देखाएको विशृङ्खलता र निराशाजनक कार्यसम्पादनका कारण देशले खोजिरहेको विकल्पमा अझ बढी काम गर्नुपर्ने उत्तरदायित्व बहन गर्दै यहाँहरु समक्ष आगामी प्रतिनिधि सभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा आफूलाई प्रस्तुत गर्न चाहन्छु ।

प्रतिनिधि सभामा स्वतन्त्र युवा कानून निर्माताका रूपमा सहभागी हुने लक्ष्यका साथ म काठमाडौँ क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दिने निर्णयमा पुगेको हुँ’, उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 



Share:
Reaction :
ताजा समाचार
खेलकुद