बुधवार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद यज्ञ बहादुर बोगटीले सो घटनाको विषयमा सभामुखको ध्यानाकर्षण गराएपछि सभामुख सापकोटाले आफ्नो गम्भिर ध्यानाकर्षण भएको भन्दै सापकोटाले सरकारलाई छानबिन गर्नका लागि निर्देशन दिएका हुन् ।
सांसद बोगटीले घटना घटेको ९ दिनसम्म पनि प्रहरीले जाहेरी नलिएको र यस घटनालाई राजनीतिक रङ दिन खोजिएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए । यो घटनाको विषयमा अहिले सडक देखि सदन सम्म न्यायको माग भैरहेको छ । विभिन्न राजनीतिक दलहरुले पनि संयुक्त रुपमा विज्ञप्ति जारी गरी घटनाको दोषीलाई कारवाहीको माग गरिरहेका छन् ।