Media Network

अझै सुरु हुन सकेन कार्यव्यवस्था परामर्श समिति बैठक


खबरस्टोरी संवाददाता

१५ फाल्गुन २०७८,आईतवार

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक अझै बस्न सकेको छैन । 

आइतबार बिहान ११ बजेका लागि बोलाइएको समिति बैठक सवा १ बजिसक्दा पनि सुरु हुन नसकेको हो ।

आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्न बोलाइएको परामर्श समितिको बैठक बस्न दलका नेताहरू आ–आफ्नै दलको बैठकमा व्यस्त रहेकाले ढिलाइ भएको सभामुख सचिवालयले जानकारी दिएको छ । 

 

Share:
Reaction :
ताजा समाचार
खेलकुद