अखिल क्रान्तिकारीको आइतबार बसेको बैठकले सम्मेलनको झण्डै ७ महिनापछि ४१ सदस्यीय पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो ।गत असोजमा क्रान्तिकारीको सम्मेलन भएको थियो । सम्मेलनले त्यसबेला नै १९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो ।
क्रान्तिकारीको सम्मेलनले पञ्चा सिंहलाई अध्यक्षमा चयन गरेको थियो ।
पदाधिकारीमा को को
अध्यक्ष ः पञ्चा सिंह
उपाध्यक्षहरू ः ईन्द्र भुसाल, मिलन एमसी, नरेश रेग्मी, जीपी मैनाली, तुकमान महरा, कल्पना मियाँ प्रविना अधिकारी, मदन भट्टराई, क्षितिज सापकोटा, सूर्यनारायण साह, गजेन्द्र देव, पवन कार्की, मदन भुल, नारायण खनाल, अमरजंग शाहीलगायत
महासचिव ः दिपेश पुन
कोषाध्यक्ष ः भुषण शाही