Media Network

अमेरिका भ्रमणबारे छलफल गर्न संसदीय समितिले प्रधानमन्त्रीलाई बोलायो


खबरस्टोरी संवाददाता

३० जेष्ठ २०७९,सोमबार

काठमाडौँ। संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाएको छ । प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणको विषयमा जानकारी लिनको लागि अन्तराष्ट्रिय सम्बन्ध समितिले देउवालाई बोलाउने निर्णय गरेको हो । 

समितिको बैठकले असार ५ गते प्रधानमन्त्रीलाई बोलाउने र त्यस अघि परराष्ट्रमन्त्री डा. नारायण खड्का संग छलफल गर्ने निर्णय भएको समितिकी सभापति पवित्रा निरौला खरेलले जानकारी गराइन् । 

समितिमा उपस्थिति हुनको लागि प्रधानमन्त्री र परराष्ट्रमन्त्री दुवैलाई पत्राचार गरिएको जानकारी गराइएको छ । प्रधानमन्त्रीको अमेरिका भ्रमणको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सदनमा समेत भ्रमणको विषयमा जानकारी गराउनु पर्ने माग राख्दै आएको छ ।  

 

Share:
Reaction :
ताजा समाचार
खेलकुद