नेपाल अमेरिका सम्बन्ध, युक्रेनमाथि रुसी हमालाविरुद्धको एकमत बनाउन, हिमालय क्षेत्रमा जलवायु परिवर्तनबारे छलफल गर्न अमेरिकी सांसदको टोली नेपालमा आएको हो । क्रिस्टन जिलिब्रान्डसहित सेनेटरहरु, शेल्डन ह्वाइटहाउस, कोरी बुकर र मार्क केली, मोन्डेयर जोन्स रहेका छन् ।
अमेरिकी संसदीय टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासहित राजनीतिक दलका नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार उक्त टोली र परराष्ट्र मन्त्री नारायण खड्काबीच शनिबार बिहान सिंहदरबारस्थित मन्त्रालयमा भेटवार्ता हुनेछ ।