Media Network

अमेरिकाले नेपाललाई सैन्य क्याम्पमा लान खोजेको नेकपा मसाल मोहनविक्रमको आरोप


खबरस्टोरी संवाददाता

१ असार २०७९,बुधबार

काठमाडौँ । अमेरिकाले नेपाललाई सैन्य क्याम्पमा लैजान खोजेका आरोप नेकपा मसालले लगाएको छ । 

 महामन्त्री मोहनविक्रम सिंहले एक वक्तव्य जारी गर्दै नेपाललाई सैन्य क्याम्पमा लैजान अमेरिकी उच्च वा सैनिक अधिकारीहरूले बारम्बार नेपाल भ्रमण गरेर सरकारलाई दबाब दिइरहेको उल्लेख गरेका छन् ।

संसद्ले एमसीसी पारित गरे लगत्तै अमेरिकाले आफ्ना तिब्बत मामिला हेर्नेलाई प्रमुखलाई नेपाल पठाएको, उनले देहेरादुन गएर दलाई लामालाई भेटेको, काठमाडौँ आएर तिब्बती शरणार्थी नेताहरूलाई भेटेको र सरकारको तिब्बत सम्बन्धी असंलग्न परराष्ट्र नीतिलाई परिवर्तन गरेर नेपाललाई अमेरिकाको तिब्बती सम्बन्धी साम्राज्यवादी नीतिमा लगिरहेको समेत वक्तव्यमा आरोप लगाइएको छ ।वक्तव्यमा एमसीसी अमेरिकाको इन्डो प्यासिफिक रणनीतिको अङ्ग भएको समेत ठहर गरिएको छ ।




Share:
Reaction :
ताजा समाचार
खेलकुद