Media Network

अर्घाखाँची कांग्रेसमा पौडेल पक्षका श्रेष्ठ सभापतिमा बिजयी


खबरस्टोरी संवाददाता

८ मंसिर २०७८,बुधबार

बुटवल । नेपाली कांग्रेसको अर्घाखाँची जिल्ला कार्यसमिति सभापतिमा केशव श्रेष्ठ बिजयी भएका छन् । १४ औं महाधिवेशन अन्तर्गत मंगलबार भएको निर्वाचनमा श्रेष्ठले सात सय ३१ मत ल्याएर सभापतिमा बिजयी भएका हुन् । 

उनका प्रतिस्पर्धीहरू ईन्द्रमणि पौडेलले तीन सय ५२ मत मात्रै प्राप्त गरे भने यादव घिमिरेले तीन सय ९ मत प्राप्त गरेका थिए ।

सभापतिमा निर्वाचित श्रेष्ठ वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट मानिन्छन् । सभापति शेरबहादुर देउवा पक्षले सभापतिमा यादव घिमिरेलाई अगाडि सारेका थिए ।

पौडेल पक्षकै श्रेष्ठ र ईन्द्रमणि सभापतिका उम्मेदवार थिए । श्रेष्ठलाई नेता पौडेलसहित शीर्ष नेताको समर्थन रहेको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद