Media Network

माधव नेपाल भन्छन्– अरुको भर पर्नु हुँदैन


खबरस्टोरी संवाददाता

१३ असार २०७९,सोमबार

काठमाडौँ । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी दिनमा हुने प्रदेश र संघको निर्वाचनमा सबै क्षेत्रमा पार्टीको तर्फबाट सम्भावित उम्मेदवार खडा गर्नुपर्ने बताएका छन् । 

सोमबार पार्टीको केन्द्रीय परिषद्को पहिलो बैठकलाई सम्बोधन गर्दै नेपालले अबको निर्वाचनमा सबै क्षेत्रमा सम्भावित उम्मेदवारहरु खडा गरेर काम अगाडी बढाउन निर्देशन दिएका छन् ।  

संघ र प्रदेशको निर्वाचन आगामी मंसिरमा हुने दाबी गर्दै अध्यक्ष नेपालले अब अरुको भर नपरेर निर्वाचनको तयारीमा लाग्नु पर्ने बताएका छन् । उनले बैशाख ३० गते सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा सबै पालीकाबाट उम्मेदवार उठाएको भए २० लाख मत प्राप्त गर्ने दाबी गरेका छन् । विचार नभएको पार्टीले केही गर्न नसक्ने बताउँदै नेपालले  विचार शून्य भएको कार्यकर्ताले पनि केही गर्न नसक्ने धारणा राखेका छन् । 

स्थानीय तह निर्वाचनबाट ६० प्रतिशत वडामा पार्टी संगठन पुगेको दाबी गर्दै नेपालले अबको निर्वाचनसम्म सबै स्थानीय तह र पालिकामा संगठन विस्तार गर्नुपर्ने बताएका छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद