अर्थ मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री देउवाले नै सम्हाल्ने


खबरस्टोरी संवाददाता
२३ असार २०७९, बिहीबार
अर्थ मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री देउवाले नै सम्हाल्ने
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थ मन्त्रालय पनि सम्हाल्ने गरि जिम्मेवारी दिइएको छ ।

बुधवार प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवालाई दिएको हो ।बुधवार साँझ राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई दिइएको जानकारी गराएको हो ।