अर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय समिति गठन गर्दै


खबरस्टोरी संवाददाता
२२ असार २०७९, बुधबार
अर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय समिति गठन गर्दै
काठमाडौँ। बजेट निर्माण प्रक्रियामा चलखेल गरेको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय समिति बन्ने भएको छ। उक्त  संसदीय समिति आजै बनाउने तयारी गरिएको बालुवाटार स्रोतले बताएको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि संसदीय समिति बनाउन विषय अघि बढेको नेकपा माओवादी केन्द्रका एक नेताले बताए ।

२०७९/०८०को बजेट निर्माणको प्रक्रियामा अर्थमन्त्री शर्माले अनधिकृत रूपमा बिचौलिया तथा बाहिरी व्यक्तिलाई सहभागी गराएको भन्दै उनको चौतर्फी विरोध भइरहेको छ।