अर्थमन्त्री शर्मामाथि छानबिन गर्न ११ सदस्यीय छानबिन समिति गठन


खबरस्टोरी संवाददाता
२२ असार २०७९, बुधबार
अर्थमन्त्री शर्मामाथि छानबिन गर्न ११ सदस्यीय छानबिन समिति गठन
काठमाडौँ।  गत जेठ १४ गते आगामी आर्थिक बर्षको बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि ११ सदस्यीय संसदीय समिति गठन गर्ने सहमति भएको छ।

नेकपा एमालेबाट ४ जना, नेपाली कांग्रेस र माओवादी केन्द्रबाट दुई दुई जना सदस्य र जसपा, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीबाट एक एक जना सदस्य रहने गरी ११ सदस्यीय छानबिन समिति गठन भएको छ!