Media Network

अर्थमन्त्री शर्माविरुद्ध प्रहरीमा जाहेरी


खबरस्टोरी संवाददाता

२२ असार २०७९,बुधबार

काठमाडौँ। अर्थमन्त्री शर्माविरुद्ध प्रहरीमा जाहेरी परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले अर्थमन्त्री जनार्दन शर्मामाथि राज्यविरुद्धको अपराधसहित तीन वटा कसुरमा प्रहरीमा जाहेरी दिएको हो।

शर्मासहित ८ जनाविरुद्धको जाहेरी बोकेर राप्रपा प्रवक्ता तथा सुशासन विभाग प्रमुख ज्ञानेन्द्र शाहि टेकुस्थित महानगरीय प्रहरी परिसर पुगेका हुन ।

जाहेरीमा मुलुकी अपराध संहिता २०७४, विद्युतीय कारोबार ऐन २०६३ र भ्रष्टाचार निवारण ऐन २०५९ लाई आधार बनाइएको छ ।

जाहेरीमा अर्थमन्त्री शर्मासहित अवकाश प्राप्त अर्घाखाँची जिल्ला भूमिस्थान नगरपालिका घरभइ काठमाडौं बस्ने रघुनाथ घिमिरेलाई प्रतिवादी बनाइएको छ । यस्तै इन्फिनिटी होल्डिङ कम्पनीका फाइनान्स डाइरेक्टर भारतीय मूलका नागरिक उपेन्द्र हिरावतलाई पनि विपक्षी बनाइएको छ ।

अन्य विपक्षीहरूमा इन्फिनिटी होल्डिङका दीपक भट्ट, बहालबाला अर्थसचिव मधुकुमार मरासिनी, राजश्व सचिव कृष्णहरि पुष्कर, सरकारको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख चक्रबहादुर बुढा, राजश्व व्यवस्थापन महाशाखा प्रमुख भूपाल बराल रहेका छन् ।




Share:
Reaction :
ताजा समाचार
खेलकुद