Media Network

अर्थमन्त्रीको जवाफमाथिको छलफल एमालेबाट बहिष्कार


खबरस्टोरी संवाददाता

२ असार २०७९,बिहीबार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माले आ.व.२०७९/८० को विनियोजित बजेटमाथिको छलफलका क्रममा अर्थमन्त्री जनार्दन शर्माले विहीबार दिएको जवाफ बहिष्कार गरेको छ । 

बजेट तयार गर्नु भन्दा अगाडि भएका कमजोरीकाबारेमा अर्थमन्त्री शर्माले दिएको जवाफको बेतुकको छलफल भन्दै एमालेले बहिष्कार गरेको छ । 

संसद बैठक बहिष्कार गर्दै एमाले सांसदहरु हलबाट बाहिरिएका छन् । छलफलको प्रारम्भमा उठेका प्रश्नको मन्त्री शर्मा जवाफ दिएलगत्तै  एमाले सचेतक विशाल भट्टराईले धारणा राखेर एमाले सांसदहरु बाहिरिएका छन् । एमाले सांसदहरुको बहिष्कारकाबीच सभामुख अग्मि सापकोटाले विनियोजित माथिको छलफल जारी राखेका थिए । 

विनियोजन विधेयकमा उठेका प्रश्नको अर्थमन्त्रीका साथै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि विहीबार जवाफ दिने कार्यक्रम थियो । तर प्रधानमन्त्री देउवा वैठकमा अनुपस्थित रहेका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद