अर्थमन्त्रीको राजीनामा विरोधमा उत्रिएका युवा संघका कार्यकर्ता पक्राउ


खबरस्टोरी संवाददाता
२२ असार २०७९, बुधबार
अर्थमन्त्रीको राजीनामा विरोधमा उत्रिएका युवा संघका कार्यकर्ता पक्राउ
काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माको बर्खास्तीको माग गर्दै  विरोध प्रर्दशनमा उत्रिएका नेकपा एमालेको भातृ संगठन युवा संघका कार्यकर्ता पक्राउ परेका छन्। 

युवा संघ नेपाल ‘राष्ट्रघाती’ अर्थमन्त्रीको राजीनामा होइन अब बर्खास्त गर भन्दै विरोध प्रर्दशनमा उत्रिएको थियो ।

सिंहदरबारको दक्षिण गेटमा प्लाकार्डसहित कालो झण्डा देखाएर विरोधमा उत्रिएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।