Media Network

अर्थमन्त्रीको राजीनामा मागिएकाबेला अर्थसचिव विदामा !


खबरस्टोरी संवाददाता

२२ असार २०७९,बुधबार

काठमाडौं। अर्थसचिव मधुकुमार मरासिनी बिदामा बसेका छन् । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएका बेला अर्थसचिव मरासिनी बिदामा बसेका हुन्  । 

उनि सन्चो नभएर बिदामा बसेको मन्त्रालयका प्रवक्ता सहसचिव ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । ‘अर्थसचिवज्यू हिजोसम्म अफिस आउनु भएको हो । हिजै मलाई सन्चो भएन भन्दै हुनुहुन्थ्यो । आज बिदामा बस्नु भएको छ,’ उनले भने, ‘कहिलेसम्म बिदामा बस्नु भएको हो, यो बुझ्न बाँकी छ ।’ 

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहने सीसीटिभी फुटेज माग्दा १३ दिनको मात्र बाँकी रहने र अरु आफैं मेटिँदै जाने मन्त्रालयले जवाफ दिएको थियो । यसपछि सीसीटिभी फुटेज डिलिट गरिएको र यसमा अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोको आशंका गरिएका बेला उनी बिदामा बसेका छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद