Media Network

अर्थसचिवको विदापछि शर्मा राजीनामा दिन बाध्य


खबरस्टोरी संवाददाता

२३ असार २०७९,बिहीबार

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट दिएको राजीनामाको समाचारलाई विहीबार पत्रपत्रिकाहरुले प्राथमिकताका साथ समाचार छापेका छन् । 

आजको अन्नपूर्ण पोष्टले ‘...त्यसपछि अर्थमन्त्रीको राजीनामा’ शीर्षकमा मुख्य समाचार छापेको छ । 

कान्तिपुर दैनिकले ‘राजीनामा मात्रै कि कारबाही पनि ?’ शीर्षकमा अर्थमन्त्री शर्माको राजीनामाको खबरलाई प्राथमिकताका साथ छापेको छ । निमित्त सचिव नलिन अर्थमन्त्रालयका कर्मचारीको भागाभाग भनेको समाचार पनि कान्तिपुरले लेखेको छ ।

नागरिक दैनिकले पनि अथमन्त्री शर्माकै राजीनामाको समाचारलाई प्रमुख समाचार बनाएको छ । ‘चर्को दबाबपछि विवादित अर्थमन्त्रीको बर्हिगमन’ शीर्षकमा समाचार छापेको छ । 

नेपाल समाचारपत्रले ‘अन्ततः अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा’ शीर्षकमा खबर छापेको छ भने राजधानी दैनिकले ‘थेग्न नसकेपछि अर्थमन्त्रीद्वारा राजीनामा शीर्षकमा मुख्य खबर छापेका छ । 

अर्थसचिवको विदाले मोडियो परिस्थिति 

अर्थमन्त्री जनार्दन शर्मामाथि राजीनामाको चौतर्फी दबाब थियो। तर, उनी नगर्ने अडानमा थिए । बुधबार बिहानै परिस्थितिले एकाएक फरक मोड लियो, जब अर्थसचिव मधुकुमार मरासिनी बिदामा बसिदिए। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर उनले ‘शर्मा अर्थमन्त्री रहुन्जेल’ नफर्किने अवगतसमेत गराए। र, मन्त्री शर्मा र मुख्यसचिव शंकरदास वैरागीलाई भेटेर ‘अनिश्चितकालीन’ बिदा लिए, अन्नपूर्ण पोष्टले खबर लेखेको छ ।

उपभोक्ता हित संरक्षण मञ्चले सूचनाको हक प्रयोग गर्दै जेठ १४ र अघिल्लो भदौ २४ गते रातिका सीसीटीभी फुटेज मागेको थियो। त्यसमा अर्थका शाखा अधिकृत धनकुमार राईले हस्ताक्षर गरेर मेटिइसकेको जवाफ पठाएका थिए। 

राजस्वसचिव कृष्णहरि पुष्कर भने केही दिनअघि विदेश गएका छन्। सहसचिवहरू केदारनाथ शर्मा, भूपाल बराल, रमेशकुमार केसी, चक्रबहादुर बुढा, महेश आचार्य, राजेश्वर ज्ञवाली, ईश्वरीप्रसाद अर्याल, अर्जुनकुमार खड्का, बाबुराम सुवेदी अनुपस्थित रहे। उनीहरू विभिन्न बहाना बनाउँदै बिदामा बसे । 

मन्त्रालयको प्रतिकूल अवस्था र छानबिन समितिसमेत गठनपछि अर्थमन्त्री शर्मा राजीनामा दिन बाध्य भएका हुन्। मंगलबार बेलुकासम्म राजीनामा दिने मुडमा थिएनन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद