Media Network

असोजमा विप्लव समूहको महाधिवेशन


खबरस्टोरी संवाददाता

१८ जेष्ठ २०७९,बुधबार

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहको नेपाल कम्युनिस्ट पार्टीले आगामी असोजमा महाधिवेशन गर्ने भएको छ । सो पार्टीको उदयपुरमा सम्पन्न केन्द्रीय समितिको १३ औं पूर्ण बैठकले असोज १ गतेदेखि पार्टीको नवौँ महाधिवेशन गर्ने निर्णय गरेको हो । 

नेता धर्मेन्द्र बाँस्कोटा, हेमन्त प्रकाश ओलीलगायतले पार्टी विभाजन गरेर नेकपा (बहुमत) बनाएपछि विप्लवको नेतृत्वमा उदयपुरमा केन्द्रीय समिति बैठक बसेको हो । नेकपाको ६९ सदस्यीय केन्द्रीय समितिमा बहुमत पक्ष रहेको भन्दै धर्मेन्द्र समूहले नयाँ पार्टी नेकपा (बहुमत) बनाए पनि ९ जना मात्रै बाहिरिएको विप्लव समूहको दाबी छ । 

जेठ १२ देखि १७ गतेसम्म चलेको विप्लव समूहको केन्द्रीय समिति बैठकमा महासचिव विप्लवले राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद