Media Network

असार १ र २ मा विधान अधिवेशन गर्ने जसपाको निर्णय


खबरस्टोरी संवाददाता

१८ फाल्गुन २०७८,बुधबार

काठमाडौं। जनता समाजवादी पार्टी नेपालले आउँदो १ र २ असारमा पार्टीको विधान अधिवेशन गर्ने निर्णय गरेको छ । 

गत बिहीबारबाट सुरु भएको केन्द्रीय कार्यकारिणी समितिको बैठकले १ र २ असार २०७९ मा पार्टीको विधान अधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीले जानकारी दिए । 

उनका अनुसार सोमबार बसेको बैठकले आउँदो असारमा विधान अधिवेशन गर्ने र यही २८ फागुनमा संघीय परिषद् र ३० गते केन्द्रीय समितिको बैठक पनि बोलाएको छ ।   


Share:
Reaction :
ताजा समाचार
खेलकुद