Media Network

अध्यक्ष प्रचण्डद्वारा सभापति देउवालाई बधाइ


खबरस्टोरी संवाददाता

२९ मंसिर २०७८,बुधबार

काठमाडाैँ । नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित भएकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् । 

उनले आज टेलिफोनमार्फत सभापतिमा देउवाको दोस्रो कार्यकालको सफलताको शुभकामना व्यक्त गरेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए । 

प्रधानमन्त्री देउवा कांग्रेसको १४ औँ महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित भएका हुन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद