भेटको सुरुवातमा अध्यक्ष तिमिल्सिनाले लामो कूटनीतिक अनुभव भएको व्यक्ति नेपालमा राजदूतको रुपमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए ।
अध्यक्ष तिमिल्सनाले नेपाल–भारतबीच सदियौंदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक, प्राविधिक तथा जनस्तर सम्बन्ध रहिआएको उल्लेख गर्दै उनले भने, “नेपाल–भारत छिमेकी राष्ट्र मात्र नभइ हाम्रो बहुआयामिक सम्बन्ध छ । हामीमध्ये कुनै एक देशलाई समस्या पर्दा अर्कालाई दुख्ने गर्दछ। त्यसैले हाम्रो सम्बन्ध अटुट र विशेष छ।”
अध्यक्ष तिमिल्सिनाले नेपाल र भारतको सीमा क्षेत्रमा वर्षेनी बाढी र डुबानका कारण जनधनको क्षति हुनेगरेको उल्लेख गर्दै यसको दीर्घकालिन समाधानका लागि सहकार्य र विगतमा दुई देशबीच भएका विभिन्न सम्झौताहरुको कार्यन्वयन आवश्यक रहेको उनले बताए ।
भारत र नेपालको एक महत्वपूर्ण विकास साझेदार रहेको बताउदै अध्यक्ष तिमिल्सिनाले भारतले नेपालमा आर्थिक तथा प्राविधिकलगायत विभिन्न क्षेत्रमा पुर्या्उँदैआएको सहयोगका लागि अध्यक्ष तिमिल्सिनाले धन्यवाद समेत व्यक्त गरे ।
अध्यक्ष तिमिल्सिनाले राजदूत श्रीवास्तवमार्फत भारतको राज्य सभाका सभापति वेनकाय नायडुको स्वास्थ्यको कामना तथा भारतीय जनताको प्रगति र समृद्धिको कामना गरे। सभापति नायडुलाई सन् २०२२ भित्र नेपाल भ्रमणका लागि राजदूतमार्फत आमन्त्रण पनि उनले दिए ।
राजदूत श्रीवास्तवले नेपाल र भारतबीचको व्यापारिक सन्तुलनका लागि जलविधुत, पर्यटन र कृषिमा प्रथामिकताका साथ काम गर्नुपर्ने धारणा राखेको थिए ।