आज शुक्रवार बालेन अध्यक्ष डा.भट्टराईलाई भेट्न उनकै निवास टोखा पुगेका थिए । डा.भट्टराईले मेयर बालेनसँगको भेटको तस्बीर आफ्नो ट्वीटरमार्फत सार्वजनिक गरेका छन्।
यसैबीच नेता भट्टराईले बालेनलाई सफलताको शुभकामना पनि दिएका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र टिमसँग महानगरपालिकाका समस्या र योजनाबद्ध विकासवारे सार्थक विमर्श ! सफलताको हार्दिक शुभकामना !’