बाबुराम भट्टराई र बालेनबीच भेटवार्ता


खबरस्टोरी संवाददाता
२४ असार २०७९, शुक्रबार
बाबुराम भट्टराई र बालेनबीच भेटवार्ता
काठमाण्डाै। काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह र जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएकाे छ । 

आज शुक्रवार बालेन अध्यक्ष डा.भट्टराईलाई भेट्न उनकै निवास टोखा पुगेका थिए । डा.भट्टराईले मेयर बालेनसँगको भेटको तस्बीर आफ्नो ट्वीटरमार्फत सार्वजनिक गरेका छन्। 

यसैबीच नेता भट्टराईले बालेनलाई सफलताको शुभकामना पनि दिएका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र टिमसँग महानगरपालिकाका समस्या र योजनाबद्ध विकासवारे सार्थक विमर्श ! सफलताको हार्दिक शुभकामना !’