Media Network

बाबुरामले भने– हिजो बन्दुक बोक्नेहरु देह बेच्दैछन्


खबरस्टोरी संवाददाता

२९ फाल्गुन २०७८,आईतवार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले जनमुक्तिका निम्ति बन्दुक बोकेकाहरुले पेट पाल्न देह बेचेको दाबी गरेका छन् । 

गायक प्रकाश सपुतले हालै सार्वजनिक गरेको गीत ‘पिर’मा माओवादी महिला छापामारहरु आर्थिक अभावमा देहब्यापार गरेको दृष्यप्रति आलोचना भइरहँदा पूर्व माओवादी नेता भट्टराईले जनमुक्तिका निम्ति हिजो बन्दुक बोक्नेहरु देह बेचेको दाबी गरेका छन् । 

‘हिजो जनमुक्तिका निम्ति बन्दुक बोक्नेहरु पेट पाल्न देह बेच्दैछन् ।’– भट्टराईले ट्वीटरमा ट्वीट गरेका छन्, ‘तितो सत्य स्वीकारौं, समाधान खोजौं, प्रकाश सपुतलाई नसरापौं ।’ 

महिलाहरु आफ्नो सन्तान र लोग्नेका उपचारका निम्ति देह बेच्न बाध्य भएको भट्टराई आफैले प्रत्यक्ष बुझेको दाबी गरेका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद