बुढीगंगा निर्वाचनमा विवाद चर्किदा प्रहरीले चलायो गोली
खबरस्टोरी संवाददाता
२३ असार २०७९, बिहीबार
काठमाडौँ। बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा आज आज स्थानीय सरकार चुन्न मतदान भइरहेको बेला फेरि विवाद उत्पन्न भएको छ । विवाद भएपछि प्रहरीले गोली नै चलाउनुपरेको छ ।
सुदूरपश्चिम प्रदेशका डीआईजी मोहनकुमार आचार्यका अनुसार त्रिशक्ति मावि मतदान केन्द्रमा दुई पक्षका एजेन्टबीच झगडा भएको थियो । विवाद झन् बढेपछि प्रहरीले हवाई फायर समेत गरेको आचार्यले बताए । अहिले स्थिति भने नियन्त्रणमा आइसकेको पनि उनले जनाए ।