Media Network

बागमती र सुदूरपश्चिमको मुख्यमन्त्री फेर्ने विषय टुंगो लगाउन गठबन्धन बैठक बस्दै


खबरस्टोरी संवाददाता

१७ असार २०७९,शुक्रबार

काठमाडौँ। बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा छलफल गर्न सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक शुक्रबार बस्दै छ । 

बागमतीमा अहिले एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री छन् भने सुदूरपश्चिममा माओवादी केन्द्रका त्रिलोचन भट्ट मुख्यमन्त्री रहेका छन् । 

सो बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रिलाई फिर्ता बोलाएर नयाँ पठाउने व्यक्तिको नाम प्रस्ताव गर्ने तयारी गरेका छन् । 

आज बस्ने बैठकको समय भने तोकिएको छैन । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद