काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रले गर्ने जस्तो व्यवहारका कुरा गरेका केही स्वतन्त्र उम्मेदवारले स्थानीय तहमा विजय गरे पनि अझै कयौँ दशक सम्म राजनीतिक दलले नै राज गर्ने बताएका छन् । पालिका प्रमुखमा केही स्वतन्त्र उम्मेदवारलाई जनताले जिताएपछि केही साथीहरूले अब भोली स्वतन्त्रले नै सबै पलिका लैजान्छ की के हो भने जस्तो गरे पनि यस्तो भ्रममा नपर्न प्रचण्डले आग्रह गरे।
उनले एक जना स्वतन्त्र विजयी पालिका प्रमुख आफ्नै कार्यक्रममा सहभागी भएको समेत बताए । उनले भने, ‘स्वतन्त्रमा विजयी केही साथीहरू स्वतन्त्र हुन्, स्वतन्त्र होइनन् । काठमाडौं र धराका प्रमुख भने अलि भिन्न तरिकाले आए । यसबाहेक अरु कोही स्वतन्त्र मैले ठानेको छैन ।’ यि भिन्नहरूले पनि माओवादीको जस्तै कुरा गरेको उनले दावी गरे ।