काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका सांसद भीम रावलको भूमिकाबारे पार्टीको ध्यानाकर्षण भएको बताएका छन् ।
मंगलबार काठमाण्डौँमा पत्रकार सम्मेलन गरी ओलीले रावलले पृथक हुने बाहानामा पार्टि निर्णय विपरित र आत्मकेन्द्रीत काम गरिहेको र यस विषयमा पार्टीको ध्यान गरएको बताए ।
‘भीम रावल पृथक भएर गतिविधि गरिरहनुभएको छ। पार्टीको हिरो हुन खोज्ने गरी कुनै पनि बहानामा पृथक देखिएर गर्ने क्रियाकलाप अनुशासनभित्र पर्दैन। अनुचित र अनुशासनहीन क्रियाकलाप गरिरहनुभएको छ। यसमा पार्टीको ध्यान गएको छ,’ ओलीले भने।
‘ संसदिय दलको बैठकमा पनि रावलाई पार्टी को निर्णलाई मानेर अघि बढ्न र व्यक्तिगत रूपमा कसैमाथि पनि टीकाटिपप्णी नगर्न जानकारी गराएको थिए । तर उहाँले व्यक्तिगत रूपमा आफु हिरो बन्ने काम गर्नु भयो’, उनले भने ।
रावल विगतदेखि नै निरन्तर रूपमा एमसीसी सम्झौताको विरोध गर्दै आइरहेका छन् । एमसीसी सम्झौता संसदमा पेश हुदा र छलफल हुदाका बखत रावलले आफ्नो पार्टीको विरोधको बाबजुत छलफलमा भाग लिएर एमसीसी सम्झौताको खरो विरोध गरेका थिए । आजको पत्रकार सम्मेलनमा ओलीले अब संसदबाट पास भैसकेको एमसीसी सम्झौता कार्यान्वयन हुनुपर्ने धारणा राखेका थिए ।