बिहिवार पूर्व सुरक्षाकर्मी सुरक्षा परिषद्ले काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले भने “यदि एसपीपी सम्झौता कार्यान्वयन भयो भने नेपालको संविधान मिचिन्छ, नेपालको असंलग्न र स्वतनत्र परराष्ट्र नीति ध्वस्त हुन्छ र नेपाल अमेरिकी सेनाको अखडा बन्छ ।”
नेता रावलले आफु रक्षा मन्त्री भएको समयमा एसपीपी सम्बन्धी कुनै पनि सम्झौता नभएको दबी गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले कुनै पनि राष्ट्र विपरितका सम्झौता गर्दैन नेपालले पहिले देखि अबलम्बन गर्दै आएको स्वाधिनता र स्वतन्त्र परराष्ट्रनीति अबलम्बन गर्छु भनेर सार्वजनिक रुपमा भने पछि मात्र नेपाली जनताले पत्याउने बताएका छन् ।
रावलले एसपीपी सम्झौताले नेपालको अस्मिता र अस्तित्वमा नै खतरा रहेको भन्दै सम्पुर्ण राष्ट्रवादी र देशभक्त जनताहरुले अहिले सचेत हुन जरुरी रहेको बताएका छन् । रावलले हाल एसपीपीको विषयमा कुप्रचार गरेर सम्पूर्ण देशभक्त नेपालीहरुको आवाज दबाउन खोजीएको भन्दै उनले भने “हाल प्रधानमन्त्री देउवाले राष्ट्रिय सहमति बिना अगाडी नबढ्ने भन्ने सुनेको छु । तर दुईचार जना जम्मा भएर राष्ट्रिय सहमति भयो भनेर राष्ट्रघात गर्ने छुट कसैलाई छैन् ।”