बुधवार राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको अनुगमन तथा मुल्याङ्कन समितिको बैठकमा सांसद राववले बरु सरकारले जति वर्ष जेल हालेपनि बस्न तयार तर आफुले इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने बताएका हुन् । उनले भने “म इम्बोस्ड नम्बर प्लेट जडान गर्दिन । जति वर्ष जेल हाल्छ हालोस् ।”
जब सम्म सरकारले इम्बोस्ड नम्बर प्लेटको विषयमा उठेका प्रश्नहरुको जवाफ दिदैन तब सम्म आफुले इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने सांसद रावलको भनाई छ । उनले इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषको प्रयोग नगरेर सरकारले संविधानको उलङ्घन गरेको समेत बताएका छन् ।