बिहीबार विरगञ्जमा नेपाली कांग्रेसद्धारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले अहिलेको परिस्थितिमा गठबन्धन नबनाएर चुनावमा गए बहुमत ल्याउन नसकिने जीकीर गरे । ‘अहिले एक्लै चुनाव लड्दा कसैले पनि चुना जित्दैन, त्यसैले अहिलेको सत्तागठबन्धनबिच चुनाबी तालमेलको गर्ने विषयमा छलफल भइरहेको छ’ उनले भने ।
लोकतन्त्र, संविधानको रक्षा र देश विकासको नीम्ति सत्तागठबन्धनमा रहेका दलहरूको सहयोगक र समर्थन आवश्यक रहेको छ । त्यसैले निर्वाचनमा तालमेल गर्ने विषयमा अहिले जथाभावी बोल्न हुदैन देउवाले भने।
सो कार्यक्रममा देउवाले आफू प्रधानमन्त्री भएपछि देशमा केही सुधार भएको दाबी समेत गरे । यता कोइराला पक्ष र केही नेताहरूले गठबन्धन नगरी नेपाली काङ्ग्रेसले एक्लै चुनावमा लड्नुपर्ने अभिव्यक्ति दिदै आएका छन् ।