काठमाडौं। आइतबार दिउँसो १ बस्ने प्रतिनिधिसभा बैठकमा सहभागी हुन बिहान ११ बजेभित्रै संसद भवनमा पुग्न कांग्रेसले आफ्ना सांसदलाई निर्देशन दिएको थियो । तर, अहिले पनि सांसदहरू आउने क्रम चलिरहेको छ ।
निर्देशनअनुसार कांग्रेसका धेरैजसो सांसद भने नयाँ बानेश्वरस्थित संसद भवन पुगिसकेका छन् । संसदीय दलको कार्यालयले आफूहरुलाई बिहानै संसद भवनमा पुग्न निर्देशन दिएको सांसद लक्ष्मी परियारले जानकारी दिइन् ।