भरतपुर महानगरपालिका १७ बेलुवाका नेता कार्यकर्ताले शनिबार एक कार्यक्रमको आयोजना गरी उनीहरूले सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् । स्थानीय निर्वाचन नजिकिँदै जाँदा भरतपुरमा गठबन्धनभित्र विवाद चुलिएको थियो। कांग्रेसले मेयर पद आफूलाई दिनुपर्ने अडान राखे पनि कांग्रेसले महानगर र उपहानगरमा गठबन्धनबारे केन्द्रले टुंग्याउने निर्णय गरेको थियो। यससँगै भरतपुरमा कांग्रेसभित्रैबाट विवाद चर्किएको थियो।
भरतपुरको मेयर पद अर्को पार्टीलाई दिन लागेको, एमसीसी पास गरी राष्ट्रघात गरेको, नदीनाला बेचेको, अर्थतन्त्र डुबाएको लगाएको आरोप लगाउँदै नेता तथा कार्कर्ताहरूले पार्टी सदस्यबाट राजीनामा दिएका हुन्।