आमसभा भरतपुरको हाकिम चोकमा हुने र उक्त सभालाई प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड), एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेपाली कांग्रेसका नेताहरु रामचन्द्र पौडेल, शेखर कोइराला, महामन्त्री गगन कुमार थापा लगायत जसपा र राष्ट्रिय जनमोर्चाका नेताहरुले सम्मबोधन गर्ने कार्यतालिका रहेको जनाइएको छ ।
भरतपुर महानगरपालीकाको मेयरमा गठबन्धनको तर्फबाट पुर्व मेयर रेणु दाहलाले उम्मेदवारी दिएकी छन् भने उपमेयरमा नेपाली कांग्रेसका नेता चित्र सेन अधिकारीले उम्मेदवारी दिएका छन् । यता नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले मेयरमा वागी उम्मेदवारी दिएका छन् ।