Media Network

भुसाल भन्छन्– माओवादी, एमाले र समाजवादीको बीउ उम्रिदैन


खबरस्टोरी संवाददाता

१५ असार २०७९,बुधबार

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले अब माओवादी, एमाले र समाजवादीले रोपेको बीउ नउम्रिने बताएका छन् । बुधबार वामपन्थी नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै एमाले नेता भुसालले आफ्नै पार्टीले रोपेको बीउ पनि नउम्रिने तर्क गरे । रैथाने बीउहरू परापूर्वकालका बीउहरू नउम्रिने भन्दै हाइब्रिड बनाउनुपर्ने भुसालको भनाइ छ । 

‘माओवादीको बीउ, एमालेको बीउ, समाजवादीको बीउ, कमरेड सीपीको बीउ, कमरेड फलानाको बीउ, अब यी बीउहरू उम्रिँदैनन्,’ भुसालले भने, ‘नेकपा विभिन्न सिडहरूबाट संकलित गरे बनाएको हाइब्रिड बीउ हो । तर हामीले त्यो बीउको भकारीमै आगो लगायौँ ।’

सबै कम्युनिस्ट एक भएमा ६० देखि ७० प्रतिशत हुने भन्दै भुसालले सबै कम्युनिस्टलाई एक बनाउन आफूहरु लागिपरेको पनि उल्लेख गरे । 

कम्युनिस्टहरु फुटेर आफ्नै घरमा आगो लगाएर, त्यही आगोमा आङ सेकेर एक अर्कालाई गाली गरिरहेको भुसालको भनाइ थियो । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार विहान मात्रै पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै एमालेभित्र आफूले बीउ रोपेको बताएका थिए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद