काठमाडौंमा आगामी असार १ गते हुने ‘आजको बाम आन्दोलन र अबको बाटो विषयक’ बहस कार्यक्रममा भुसाल प्रमुख वक्ता रहने भएका छन् भने एमाले केन्द्रीय सदस्य टंक कार्की र लेखक तथा वाम वुद्धिजिवी मिना पौडेललगायत पनि वक्ताका रुपमा रहने भएका छन् ।
नेपालमा बामपन्थी विचार राख्ने दलहरू एक ठाउँमा हुन जरूरी रहेको र पार्टी अध्यक्ष केपी ओलीको ब्यक्तिवादी चिन्तनले पार्टी कमजोर बनेको भुसालले अभिब्यक्ति दिँदै आएका छन् ।
स्थानीय तह निर्वाचन ओलीकै कारण एमाले दोस्रो स्थानमा पुगेको भन्दै भुसालले ओलीको राजीनामा मागेका छन् । भुसालले पार्टी र पार्टी नेतृत्वविरुद्ध अभिब्यक्ति दिएको भन्दै एमालेको अनुशासन आयोगले भुसाललाई कारबाहीको सिफारिस गरेको छ ।
भुसालले यसअघि सार्वजनिक रूपमै वामपन्थी एकताको आवश्यकता औंल्याउँदै आए पछि पार्टीको बलियो पक्ष पार्टी अध्यक्ष ओली समूहले विगतमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डहरुबाट पार्टीमा घात भएको भन्दै बाम एकतालाई दुत्कार्दै आएका छन् ।
भुसालले केही दिनअघि एक टेलिभिजनलाई दिएको अन्तर्वातामा पार्टी विचार र सिद्धान्तबाट च्यूत हुँदै गएको र यहि अवस्था रहेमा कोतपर्व हुन सक्ने आशंका गरेका थिए । भुसाललाई कारबाहीका लागि आयोगले सिफारिस गरेपछि सोमवारदेखि केन्द्रीय सचिवालय बैठक बसेको छ ।