२ बजेकाे लागि स्थगित प्रतिनिधिसभा बैठक सुरु हुन सकेन


खबरस्टोरी संवाददाता
२२ असार २०७९, बुधबार
२ बजेकाे लागि स्थगित प्रतिनिधिसभा बैठक सुरु हुन सकेन
काठमाडौँ।  अर्थमन्त्री जर्नादन शर्माको संलग्नतामा भएको बजेट निर्माणका क्रममा असम्बन्धित व्यक्तिलाई समावेश गराएको विषयमा संसदीय छानविन समितिबारे छलफल चल्दा संसद बैठक आझै सुरु हुन सकेको छैन।

यही विषयमा विवाद हुँदा बिहान ११ बजे बस्ने भएको बैठक दिउँसो २ बजेकाे लागि स्थगित गरिएको थियो।

तर, दिउँसो २ बजेको लागि तय भएको बैठक  भने अझै सुरु हुन सकेकाे छैन।

समितिमा को-को रहने, कुन आकारको समिति गठन गर्ने भन्नेबारे छलफल जारी छ।

संसदीय छानविन समिति गठन गर्न सत्तारूढ दलहरू तयार हुँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्रीलाई बर्खास्त गर्नु पर्ने सर्त राखेको छ।

बैठक दुई बजे बस्ने गरी संसद सचिवालयले कार्यसूची सार्वजनिक गरेपनि तीन बज्दा पनि सुरु हुन सकेको छैन।