Media Network

बिजेपीको निमन्त्रणामा कांग्रेस टोली आज भारत जाँदै


खबरस्टोरी संवाददाता

२० आश्विन २०७८,बुधबार

काठमाडौं । भारतीय जनता पार्टी (बिजेपी)को निमन्त्रणमा सत्तारुढ नेपाली कांग्रेसको एक टोली बिहीबार भारत जाने भएको छ ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशरण महतको नेतृत्वमा टोली भारत जान लागेको हो । टोलीमा कांग्रेस नेता उदय शमशेर राणा र अजय चौरासिया रहेका छन् । 
बिजेपीको निमन्त्रणामा दुई दिने भारत भ्रमणमा जान लागेको टोलीले भारतीय जनता पार्टीका नेताहरुसँग भेट गर्ने कार्यक्रम रहेको छ । 

भ्रमण दुई पार्टीबीचको सम्बन्ध विस्तारमा केन्द्रित रहने भ्रमण टोलीका सदस्य कांग्रेस नेता उदय शमशेर राणाले जानकारी दिए । 

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री भएपछि पहिलो भारत भ्रमण गर्ने योजना बनाएपछि त्यसअघि नै भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (बिजेपी)सँग समबन्ध बिस्तारमा लागेका हुन् । 

कांग्रेस टोलीको भारत भ्रमणकै क्रममा प्रधानमन्त्री देउवाको भारत भ्रमणको मिति तय गर्ने सम्भावना पनि प्रवल छ । तीन महिनापछि मन्त्रिपरिषदलाई पूर्णता दिएर देउवाले भारत भ्रमण गर्ने तयारी गर्दैछन् । मन्त्रिपरिषद् विस्तारपछि प्रधानमन्त्री देउवालाई औपचारिक भ्रमणको निम्तो दिने भारतले संकेत दिइसकेको छ ।

दुई महिनाअघि भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आएका थिए । नेपाल भ्रमणका क्रममा चौथाइवाले यहाँका प्रमुख राजनीतिक दलका नेताहरुसँग भेट गरेका थिए । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद