बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले असार २३ गतेको लागि मतदानको मिति तोकिएको र त्यसको लागि हाल सबै प्रकारका तयारीहरु थालिएको बताएका छन् ।
बैशाख ३० गते सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा त्यँहा एमाले र नेपाली कांग्रेसले एक अर्कालाई बुध कब्जा गरेको आरोप लागएर दुई पक्ष बिच झडप हुँदा बुढीगंगा नगरपालीकाको मतदान प्रक्रिया रोकिएका थियो । त्यसपछि निर्वाचन आयोगले समिति पठाएर अनुसन्धान गरेपछि पुनः मतदान गर्ने निर्णय गरेको थियो ।
२३ गते हुने निर्वाचनमा सुरक्षा व्यवस्था कडा पारिनुको साथै मतदातालाई ढुक्क संग मतदान गर्ने वातावरण सिर्जना गरिने प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीको भनाई छ ।