Media Network

बजेट पास भएपछि अर्थमन्त्री आउट !


खबरस्टोरी संवाददाता

२८ जेष्ठ २०७९,शनिबार

काठमाडौँ । आर्थिक वर्ष २०७९/८० को बजेट प्रतिनिधिसभाबाट पारित भएपछि जनार्दन शर्मालाई अर्थमन्त्रीबाट हटाइने भएको छ । एकीकृत समाजवादीले आफ्ना मन्त्रीहरु फेरबदल गर्न खोजेपछि रोकिएको मन्त्रिपरिषद् पुनर्गठन बजेट पारितभए लगत्तै गरिने भएको छ । 

बजेट पारित भएपछि अर्थमन्त्री जनार्दन शर्मालाई अर्थमन्त्रीबाट हटाएर सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई उपप्रधानसहित अर्थमन्त्रालयका पनि जिम्मेवारी दिने प्रधानमन्त्री शेरबहादुर देउवाले तयारी गरेका छन् । 

अर्थमन्त्रालय कांग्रेसले राखेपछि गृहमन्त्रालय माओवादीको भागबण्डामा पर्ने गरी आन्तरिक सहमति गरिएको छ । स्रोतकाअनुसार यसको जानकारी शीर्ष नेतालाई देउवाले गराइसकेका छन् । 

गृह मन्त्रालय माओवादीको भागमा परेपछि उपप्रधानमन्त्रीसहित माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई गृह मन्त्री बनाउने तयारी माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को छ । 

अमरिकी सहयोग परियोजना एमसीसीका विषयमा श्रेष्ठले बखेडा झिकेको र निर्वाचनपछि यसबारेमा छलफल गर्ने सहमति भएकाले उनलाई फकाउन गृह मन्त्री बनाउन लागिएको स्रोतको दाबी छ । 

एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले ६ महिना आलोपालो मन्त्री बनाउने भन्दै एमाले विभाजनका बेला आफ्नो पार्टीमा आकर्षित गरेका थिए । ६ महिनापछि मन्त्रीमा पालो मिलाउन खोजेपछि माओवादी केन्द्र, जनता समाजवादी पार्टी लगायत गठबन्धनका अन्य दलहरुले पनि आलोपालो गरी पार्टी नेताहरुलाई भाग पुर्याउन खोजेका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद