Media Network

बजेटमा आजदेखि सैद्धान्तिक छलफल, एमाले भण्डाफोरको रणनीतिमा


खबरस्टोरी संवाददाता

१७ जेष्ठ २०७९,मंगलवार

काठमाडौं । सरकारले संदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि आज (मंगलबार) देखि सैद्धान्तिक छलफल सुरू हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा पेश गरेको बजेट वक्तव्यमाथि सैद्धान्तिक छलफल हुने भएको हो । मंगलबार आज बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दैछ ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव र आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने दुई सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । 

तीन दिनसम्म चल्ने बजेटमाथिको छलफलमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सशक्त ढंगले प्रतिवादमा उत्रिने तयारी गरेको छ । बजेटविरुद्ध सशक्त प्रतिवाद गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी पंक्तिमा निर्देशन दिइसकेका छन् । 

सोमबार बसेको संसदीय दलको बैठकमा एमाले संसदीय दलका नेतासमेत रहेका अध्यक्ष ओलीले सरकारले अनुचित ढंगले आगामी आर्थिक वर्षको बजेट ल्याएको भन्दै जनताको बीचमा भण्डाफोर गर्न निर्देशन दिएका थिए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद