काठमाडौँ । संसदमा पेश गरिएको अमेरिकी सहयोग परियोजना एमसीसी पास गराउन नेपाली कांग्रेसले भरपुर प्रयास गरिरहेको छ ।
यसैबीच प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मंगलबार बेलुका बालुवाटारमा भेटेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज गृहमन्त्री बालकृष्ण खाँडलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष ओलीलाई भेट्न पठाएका थिए ।
ओलीलाई जन्मदिनको शुभकामना दिने बहानामा बालकोट पुगेका गृहमन्त्री खाँणलाई ओलीले आफूले एमालेबाट कारबाही गरेका माधव नेपालसहित १४ जना नेताको सूचना संसदमा नटाँसेकाले उक्त सूचना पुन: टाँसनु पर्ने र सभामुख सापकोटालाई पदमुक्त गर्नु पर्ने सर्त राखेका छन् ।
गृहमन्त्री खाँडले जन्मदिनको सुभकामना दिदै एमालेले एमसीसी पास गर्न सघाउन आग्रह गरेका थिए । जवाफमा ओलीले आफ्नो शर्त पुरा गरे पछि मात्रै एमसीसी सम्झौतामा सहयोग गर्न सकिने बताए ।
आफुले कारबाही गरेका सांसदहरूलाई पदमुक्त नगरिएको भनेर एमालेले लामो समयदेखि सभामुखले आह्वान गरेका बैठकहरू बहिष्कार गर्दै निरन्तर रूपमा संसद बैठक अवरूद्ध गर्दै आएको छ ।