महामन्त्री शर्माले काठमाण्डौँ महानगरपालीकाका नवनिर्वाचित मेयर बालेन शाहलाई बधाई दिदै ट्वीट गरेका छन् “बालेनलाई जिताएर काठमाण्डौँका सचेत मतदाताले हामीलाई बदलिन सन्देश दिएका छन् । बालेनलाई बधाई दिउ, बदलौँ आफूलाई” ।
“जनताको काममको लागि जनताद्धारा निर्वाचित जनप्रतिनिधिहरुलाई सघाउनु हामी सबैको कर्तव्य हो । बालेनको विजय हाम्रो पराजय मात्र होइन । जनताको आशा, भरोसा र विश्वास को विजय पनि हो” । उनले भनेका छन् “मतदाताल निर्वाचित गराई सकेपछि बालेन एक्ले हुन या एक्लै छन् भनेर कसैले नसोचौँ” ।
काठमाण्डौँमा स्वतन्त्र उम्मेदवार बालेन शाहको विजयले सबै राजनीतिक दलहरुलाई दबाब सिर्जना गरेको छ । आवश्यकता, समयको परिवर्तन र माग अनुसार आफुलाई बदल्नु राजनीतिक दल, व्यक्ति, पद्धती, प्रवृति लगाएत हामी सबैको महत्वपूर्ण जिम्मेवारी हो भन्ने शर्माको भनाई छ ।