Media Network

बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुको बैठक जारी


खबरस्टोरी संवाददाता

३१ असार २०७९,शुक्रबार

 काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन्। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धन दलका शीर्ष नेताहरुबीच छलफल जारी रहेको जनाइएको छ। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का लगायत सहभागी रहेका जनाइएको छ। 

नेताहरुबीच उपसभामुखको निर्वाचन, नागरिकता विधेयक, आगामी संसदीय निर्वाचनका विषयमा छलफल भइरहेको छ ।गठबन्धनको घटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भारत भ्रमणका विषयमा पनि छलफल भइरहेको जनाइएको छ। प्रचण्डले आफूले आज (शुक्रबार)देखि गर्न लागेको भारत भ्रमणबारे गठबन्धन बैठकमा जानकारी दिएका छन्।


Share:
Reaction :
ताजा समाचार
खेलकुद