काठमाडौं । कम्युनिस्ट नेता बामदेव गौतम एक्कासी सक्रिय देखिएका छन् । उनले आज खुमलटार पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
नेकपा विभाजनपछि गौतम पहिलोपटक खुमलटार पुगेका हुन् । प्रचण्डको सचिवालय समेत हेर्ने छोरी गंगा दाहालले यसलाई एक वर्षपछिको भेट भनी उल्लेख गरेकी छिन् ।प्रचण्डसँगको भेटमा गौतमले एमसीसी अनुमोदन गर्न नहुने विषयमा कुराकानी गरेको बुझिएको छ । उनले यसअघि नै एमसीसी रोक्नुपर्ने भन्दै धारणा सार्वजनिक गरिसकेका छन् ।
गौतमले कम्युनिष्ट शक्तिबीचको एकतामा समेत जोड दिएको बुझिएको छ । उनी कम्युनिस्ट एकतावद्ध बनाउन जोड दिदै आएका छन् ।