काठमाडौं । संसदबाट एमसीसी अनुमोदन भएसँगै विरोधमा आह्वान भएको नेपाल बन्दको प्रभाव काठमाडौंमा कम परेको छ । केही पालतो गाडी सञ्चालन भएका छन् ।
काठमाडौं उपत्यका बाहिर जनजीवन प्रभावित भएको छ । बन्दका कारण दाङको जनजीवन प्रभावित भएको छ ।
नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपा, मोहन वैद्यको नेकपा क्रान्तिकारी माओवादीसहित ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले आज नेपाल बन्दको घोषणा गरेका हुन् । बन्द कारण दाङ पूर्ण प्रभावित बनेको छ ।
बजार, उद्योग, कलकारखाना ठप्प छन् भने लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् ।
काठमाडौं लगायत देशका अधिकांश जिल्लाका विद्यालयहरु भने बन्द गरिएका छन् ।