Media Network

बैतडीमा कोदालो प्रहारबाट एक जनाको मृत्यु


खबरस्टोरी संवाददाता

२३ बैशाख २०७९,शुक्रबार

काठमाडौँ । बैतडीको डिलाशैनी गाउँपालिका-७ मा काेदालाे प्रहारबाट एक युवककाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा मनेकुडा बस्ने २१ वर्षीय श्याम ऐर रहेका छन् । छिमेकी वीरबहादुर ऐर र श्यामबीच खानेपानीकाे विषयमा विवाद हुँदा प्रहार भएकाे काेदालाे लागेर उनकाे मृत्यु भएकाे हाे । 

शवकाे पाेष्टमार्टम गर्ने तयारी भइरहेकाे छ भने काेदालाे प्रहार गर्ने वीरबहादुरलाई नियन्त्रणमा लिएकाे प्रहरीले बताएको छ ।  घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ 

Share:
Reaction :
ताजा समाचार
खेलकुद