Media Network

ब्याख्यात्माक टिप्पणी लाज ढाक्ने टालोः लिङदेन


खबरस्टोरी संवाददाता

२८ फाल्गुन २०७८,शनिबार

सुर्खेत।   राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधि सभाबाट एमसीसी पारित गर्दा गरिएको ब्याख्यात्माक टिप्पणीलाई लाज ढाग्ने टालो भएको बताएका छन् । 

शनिबार सुर्खेतमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न जिल्ला आएका अध्यक्ष लिङदेनले राजनीतिक दलहरुले एमसीसी पारित गर्दा गरेको ब्याख्यात्माक टिप्पणीलाई लाज ढाक्ने टालो भएको बताएका हुन् । 

उनले एमसीसीलाई गठबन्धन दलहरुले सरकारमा बसिराख्ने अस्त्रको रुपमा प्रयोग गरेको आरोपसमेत लगाए । ‘देशका प्रमुख राजनीतिक दलहरुले वैदेशिक सम्बन्धलाई सत्ता आरोहरणको सिँढीको रुपमा प्रयोग गर्ने चेष्टा गरेका छन् ’, उनले भने, ‘यस्तो आलोकाँचो व्यवहारले नेपाल शक्ति राष्ट्रहरुको रणनीतिक प्रतिस्पर्धास्थलमा परिणत भएको छ ।’ 

  

Share:
Reaction :
ताजा समाचार
खेलकुद