Media Network

चुनावी घरदैलोको बहानामा देउवालाई नभेटी हिँडे जगन्नाथ


खबरस्टोरी संवाददाता

२२ बैशाख २०७९,बिहीबार

चितवन । गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न बुधबार नै चितवन पुगेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सत्ता गठबन्धनबाट बागी उम्मेदवार जगन्नाथ पौडेललाई फकाउने कसरतमा छन्  । 

बिहीबार आज हुने चुनावी सभालाई सम्बोधन गर्न काग्रेस लगायत गठबन्धनका नेताहरु यतिबेला चितवनमा छन् । 

पौडेललाई फकाउन पार्टी सभापति देउवा निरन्तर प्रयासमा छन् । तर, उनी सफल हुन सकेका छैनन् । आज पनि देउवाले पौडेललाई भेटेर उम्मेदवारी निष्क्रिय गर्न आग्रह गर्ने योजनामा थिए । तर, उनको यो प्रयास पनि सफल हुन सकेन ।  पौडेललाई देउवाले आज बिहान भेट्न खोजेका थिए । तर, जगन्नाथसँग उनको भेट हुन सकेन । पौडेलले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भने भेटे । चुनावी घरदैलो कार्यक्रम छ भनेर देउवासँग पन्छिएका छन् ।

भरतपुरको होटल सिराँगचुलीमा भएको भेटवार्ताका क्रममा वरिष्ठ नेता पौडेलले बागी उम्मेदवार जगन्नाथसँगै प्रस्तावक कृष्णलाल सापकोटा, समर्थक मीना खरेल, पूर्वसांसद भीमबहादुर श्रेष्ठसँग कुराकानी गरेका थिए । भेटमा उनले उम्मेदवारी निष्क्रिय गर्न पनि अनुरोध गरे । तर, जगन्नाथले भने अब आफू पछि हट्न नसक्ने जवाफ दिएका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद